Tuesday, November 24

१० दिनका लागि नियमित उडान खोल्ने सरकारको तयारी

June 8, 2020 269

२६ जेष्ठ, काठमाडौं ।विदेशमा रहेका आफ्ना नागरिक ल्याउन १० दिनका लागि अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारले तयारी गरेको छ ।कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा अन्तर्राष्ट्रिय उडान खोल्नेबारे प्रस्ताव गएको छ । सम्भवतः उक्त प्रस्तावमा सोमबार निर्णय हुन सक्ने स्रोतले बताएको छ । हालसम्म नेपालबाट विदेश जाने नेपाली वा विदेशी नागरिकहरुका लागि चार्टर फ्लाइटमार्फत् उडान भइरहेको भए पनि नेपाल ल्याउनका लागि हालसम्म कुनै फ्लाइट भएको छैन ।

केही दिनअघि युएई र म्यानमारले उक्त देशमा रोकिएका नेपाली नागरिकहरुलाई उनीहरुकै विमानबाट नेपाल ल्याइदिएको थियो । विदेशमा अलपत्र वा समस्यामा परेका नेपाली नागरिकहरुलाई ल्याउनका लागि चार्टर उडान कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भइरहँदा पर्यटन मन्त्रालयको योजनामा सबै एयरलाइन्सलाई खुल्ला गर्ने गरी उडान गर्न दिने तयारी भएको छ ।

पर्यटन मन्त्रालय स्रोतका अनुसार यो प्रस्तावमा मन्त्रालयमा धेरैपटक छलफल भएको र नेपालमा उडान भर्ने सबै एयरलाइन्सलाई उडान गर्न दिने गरी १० दिनका लागि खुल्ला गर्ने प्रस्ताव उच्चस्तरीय समितिमा पुर्याएको मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस्