Wednesday, December 2

बुवासंग कुरा गर्दागर्दै पसिना आइ अचानक ढलेका साउथ इन्डियन अभिनेता चिरञ्जिवीको निधन

June 8, 2020 318

लकडाउन शुरु भए देखि नै बलिउडमा कलाकारको निधन हुने क्रम रोकिएको छैन । ऋषि कपुर, इरफान खान देखि लिएर वाजिद सम्म आइपुग्दा १८ बढी कलाकारको निधन भइसकेको छ । ऋषि तथा इरफानको क्यान्सरको कारणले निधन भयो भने वाजिद र अनिल सुरीको कोरोनाले ज्यान लियो ।

केहिले लकडाउनको कारण डिप्रेसनमा परेर सुसाईड गर्न बाध्य भए भने कतिलाई हृदयघातले लग्यो । अहिले बलिउड लकडाउनको मार र शोकमा डुबेको छ । बलिउड कलाकार चिरञ्जिवी सार्जाको निधनले बलिउड शोकमा डुबेको छ ।

उनी कन्नडा फिल्म उद्योगमा सफल कलाकार हुन् । उनले ३९ वर्षकै उमेरमा ज्यान गुमाएका छन् । भारतीय सञ्चारमाध्यममा प्रकाशित भएका समाचारको अनुसार उनले छाती दुख्यो भनेर भनेका थिए, उनलाई तत्कालै बेङगलरुको जयनगरमा रहेको सागर अस्पतालमा भर्ना गरिएको थियो । तर डाक्टरले उनलाई बचाउन नसकेको दुखद् खबर दिए ।

भारतीय सञ्चार माध्यमका अनुसार दिउँसो करिब १ बजे उनी फोनमा आफ्ना पितासँग कुरा गरिरहेका बेला उनलाई पसिना आउन थाल्यो र उनी अचानक ढले । उनलाई तत्काल अस्पताल पुर्याइयो जहाँ उनलाई मृत घोषित गरियो ।

बिश्व नै कोरोना भाइरसबाट ग्रसित भएको हुनाले डाक्टरले उनको स्वाव संकलन गरेर परीक्षण गर्न पठाएको बताएका छन् तर परिक्षणको नतिजा भने आइसकेको छैन ।

मुख्यमन्त्री येदिरुप्पाले हिजो राति ट्विटमा लेखेका छन्,- “लोकप्रिय कन्‍नाडा कलाकार चिरञ्‍जीवी सर्जाको निधनको दुखद् खबर पाउँदा स्तब्ध भएको छु, उनीप्रति हार्दिक श्रद्धाञ्‍जली अर्पण गर्दै परिवारमा यस दुःखको घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै प्रार्थना गर्दछु।”

फिल्मी परिवारसँग सम्बन्ध राख्ने चिरञ्जिवीले सन् २००९ मा कन्नड फिल्म ‘वायुपुत्र’ मार्फत् डेब्यू गरेका थिए । आफ्नो करियरमा उनले ‘अम्मा आई लभ यु’लगायत २० वटा फिल्ममा उनले मुख्य अभिनेताको भूमिका वहन गरेका थिए। २२ वटा कन्नड फिल्ममा काम गरे ।

उनी बलिउडमा चिरुको नामले प्रख्यात थिए । उनले २२ वटा भन्दा बढी फिल्ममा अभिनय गरिसका छन् । उनले कन्नडा फिल्महरु अध्या, खाकीँ, सिङगा, अम्मा, आइलभ यु, प्रेमा बरहा, वायुपुत्र लगायतका फिल्ममा अभिनय गरेका थिए । उनको अन्तिम फिल्म भने शिवर्जुन रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्