Thursday, November 26

आइतबार रातिको भीषण वर्षाले काठमाडौंका बस्ती डुबानमा

June 8, 2020 167

काठमाडौं । आइतबार रातिको भीषण वर्षाले काठमाडौंका केही बस्ती डुबानमा परेको छ । वाग्मती, विष्णुमती, बल्खु खोला लगायतका नदी र खोला आसपासका केही बस्ती जलमग्न भएका हुन् । बागबजार, कुलेश्वर लगायतका ठाउँका बस्ती पनि जलमग्न भएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

राती झण्डै एक घण्टा भीषण वर्षा हुँदा नदी र खोलामा बाढी आएको हो । सोमबार बिहानै वर्षा रोकिएपछि नदीरखोलामा आएको बाढी र बस्तीमा जमेको पानी घट्न थालेको छ ।

प्रतिकृया दिनुहोस्