Thursday, November 26

क्वारेन्टिनमा नि*धन भएका युवकको कोरोना रिपोर्ट नआउँदै भयो दाह संस्कार: अस्पतालले दियो श*व, सिडियोले दिए स्वीकृति

June 7, 2020 167

बैतडी, २५ जेठ । कोरोना परिक्षणका लागि स्वाव संकलन गरेर पठाएको लामो समय वितिसक्दा पनि त्यसको परिणाम सार्वजनिक नहुँदा अप्ठेरो हुने गरेको छ । बैतडीमा क्वारेन्टिनमा ज्यान गुमाएका एक युवकको स्वावको रिपोर्ट नआउँदै दाह संस्कार गरिएको छ । लामो समय सम्म पनि पिसिआरको रिपोर्ट नआउने भएकाले परिवारका सदस्यले दाहसंस्कार गरेका हुन् । शनिबार राती बैतडीको क्वारेन्टिनमा पाटन नगरपालिका ६ का ३० वर्षीय युवकको निधन भएको थियो । उनी भारतवाट आएका युवक हुन् ।

२३ गते भारतको बेंग्लोरबाट आएका उनी कैलालीको गौरीफन्टा नाका हुँदै शनिबार मात्रै पाटन पुगेका थिए । उनको शनिवार साँझ क्वारेन्टिनमा निधन भएको हो । उनीसँगै अन्य १३ जना पनि भारतको बेंगलोरबाट पाटन आएका छन्।

मृतकका आफन्तले दाहसंस्कारका लागि कर गरेपछि आफन्तलाई शव जिम्मा लगाइएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । परिवारका सदस्यले दाहसंस्कार पछि त्यसमा सहभागी सबै आइसोलेसनमा बस्ने प्रतिवद्धता जनाएपछि शव जिम्मा दिएको अस्पतालले जनाएको छ । मृतकको दाहसंस्कारमा ६ जना खटिएका थिए ।

त्यसको जानकारी जिल्ला प्रशासन कार्यालयलाई पनि गराइएको थियो । परिवारको आग्रहमा विशेष सतर्कता अपनाएर दाहसंस्कार गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले पनि पुष्टि गरेका छन् ।

प्रतिकृया दिनुहोस्