Saturday, December 5

नेपाली आकाशमा चिनियाँ जहाजको फन्को कारण यस्तो !

June 7, 2020 276

काठमाडौं । कोरोना संक्रमण न्यूनीकरणका लागि नेपालमा हवाई उडानमा तत्कालका लागि रोक लगाइए पनि आइतबार विहान चिनियाँ जहाजले फन्को मारिरहेपछि यसबारे सर्वत्र चासो उत्पन्न भएको छ ।लकडाउनको समयमा नेपाली आकाशमा शंकास्पद तरिकाबाट चिनियाँ जहाज उड्दा सर्वत्र चासो परेको हो ।सगरमाथा क्षेत्रमा विहानैदेखि चिनियाँ जहाजले कयौंपटक फन्को मारेपछि सर्वसाधारणमा चासो र आशंकका जन्माएको छ ।

नेपाल–भारत र चीनबीच सिमानाका विषयमा तनाव उत्पन्न भइरहेको पृष्ठभूमिमा नेपालको संवेदनशील क्षेत्रमा चिनियाँ जहाजले लगातार फन्को मारिरहेको देखिँदा आशंका बढाएको हो ।लकडाउनको बेलामा चिनियाँ जहाज नेपाली आकाशमा देखिएपछि यसको बास्तविका के हो भन्ने जान्न हामीले नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीसँग सम्पर्क गरेका थियौं ।

उहाँले सगरमाथाको सर्भेका लागि चिनियाँ जहाजले उडान गरेको बताए ।उडानका निम्त स्वीकृति लिएकाे उल्लेख गर्दै उनले भने–‘ अन्य उडान भने रोकिएको छ ।यतिबेला चीनले स्वीकृति लिएर नै सगरमाथा आसपासमा आफ्नो उडाइ गरिरहेको छ ।

त्यो सर्भेका लागि हो ।साथै आज केही मात्रामा औषधि ढुवानीलगायतका अत्यावश्यक कार्यका लागि आन्तरिक उडान पनि भइरहेको बताउनुभयो ।यद्यपि, चार्टर्ड उडानमा भने सरकारले रोक लगाएको छ ।

प्रतिकृया दिनुहोस्