Tuesday, November 24

सुनको कारोबार शुरु, तोलामा यति धेरै बढ्यो ,अहिले सम्मकै उच्च

June 7, 2020 256

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेको झण्डै सांढे दुई महीनापछि सुनचाँदीको कारोबार शुरु भएको छ ।

सुनको मूल्य आइतबार देखि प्रकाशित भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ८७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

गत चैत १० सुनको मूल्य प्रतितोला रू ७७ हजार कायम थियो ।

यस्तै तेजाबी सुनको मूल्य तोलाको ८६ हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको रहेको महासंघले जनाएको छ। चाँदीको मूल्य तोलाको नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

लकडाउनका कारण कारोबार गत चैत ११ गतेदेखि महासंघले सुनचाँदीको दरभाउ वितरणसमेत बन्द गरेको थियो ।

प्रतिकृया दिनुहोस्