Saturday, December 5

बीबीएस चौथो बर्षमा अध्यनरत कमललाइ लकडाउनको बेला आइलाग्यो ठुलो बज्रपात !

June 6, 2020 323

कोहलपुर नगरपालिका १२ – निबुवाका युवा कमल शाहीको आफ्नै घर नजिक सिमलको हागा भाचिएर टाउकोमा लाग्न पुगि दुखद दुर्घटना हुन पुगेछ । निम्न मध्यम परिवारमा जन्मेका उनी पढाइमा सधै अब्बल रहदै आएका छन । अहिले कोहलपुरकै केएमसी मा बीबीएस चौथो बर्षमा अध्यनरत उनी अत्यन्त अनुशासित ,मिलनसर अनि सबैका प्रिय छन ।

दुर्घटना पछि अचेत अवस्थामा रहेका उनिलाइ कोहलपुर मेडिकल कलेजको भेन्टिलेटमा राखी पाच दिन उपचार गरिएको तर कुनै प्रगती नदेखेकोले तुरुन्तै थप उपचारको लागि काठमाडौको ग्रान्डी हस्पिटलको सघन उपचार कक्षमा राखिएको छ । सिमलको रुखको हाँगोले टाउको लागि गम्भीर घाइते भएका शाही एक हप्तादेखि अचेत रहेका उनको कोहलपुरमा उपचार हुन नसकेपछी हेलिक्पटर मार्फत उनलाई काठमाण्डौ स्थित ग्रान्डी अस्पतालमा पु¥याइएको हो ।

दैनिक एकलाख रुपैया भन्दा बढी उपचारमा खर्च भइरहेको अहिलेको दुखद अवस्था छ । यी प्रतिभाशाली कमल शाहीको जिवनरक्षाको लागी उपचार कोश खडा गरिएको रहेछ । कोहलपुर नगरपालिका १२ का सायित्यकार केशव शाही निमेषका भाई कमल शाही विद्यालय तहदेखि नै होनहार विद्यार्थीका रुपमा आफ्नो परिचय बनाउँदै आएका अनुशासित तथा लगनशील युवा हुन् । आर्थिक अवस्था कमजोर रहेको र वर्तमान संकटका कारण एक होनहार युवाको स्वास्थ्य सङ्कटमा पर्ने देखिएकोले निजको उपचारमा सहयोग मिलोस् भन्ने हेतुले लेखक तथा अध्यापक संजीव पंगेनीको संयोजकत्वमा उपचार समिति निर्माण गरी “कमल बचाऔं अभियान“ सुरु गरिएको कोहलपुरका साहियत्यकार महानन्द ढकालले जनाएका छन् ।

सहयोगको लागि ‘कमल बचाऔं’ अभियान सुरु गरेपछि बिभिन्न ठाउँबाट केहि रकम उठेको छ । चपरगौढ़ी घर भै हाल इजरायलमा रहेका दिपक छेत्रीले सहयोग गर्न सबैलाई अपिल समेत गरेका छन् । उनले सामाजिक संजालमा लेख्दै भनेका छन्, मेरा सम्पूर्ण साथीभाइ , दिदिबहिनी अनि परिचित अपरिचित सबैलाई उनिको उपचार प्रक्रियामा सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्छु । सानो सहयोगले ती प्रतिभाशाली युवकको ज्यान बच्न सक्नेछ , मानवता बच्न सक्नेछ ।

प्रतिकृया दिनुहोस्