Saturday, December 5

धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत २ जनामा कोरोना पुष्टि

June 5, 2020 203

काठमाडौं, २३ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ७८ जना नयाँ कोरोना संक्रमितहरु थपिएका छन् । जसमध्ये २ जना कोठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत विरामी रहेका खुलेको छ ।

जानकारी अनुसार ह्याम्स अस्पतालमा उपचाररत गुल्मीका ७६ वर्षीय र पोखराका ६० वर्षीय व्यक्तिमा कोरोना पुष्टि भएको हो ।कोरोना पुष्टि भएका दुवै जनालाई यसअघिदेखि नै कोरोना संक्रमणको आशंकामा सतर्कता अपनाएर उपचार गरिएको थियो । उनीहरु मध्ये एक जना आईसीयूमा रहेका अस्पतालले जनाएको छ ।

प्रतिकृया दिनुहोस्