Wednesday, March 3

आम हड्तालका कारण सेनाले निकाल्यो बख्तरबन्द गाडी

February 4, 2021 82

नेकपा प्रचण्ड–नेपाल समूहको आम हड्तालका कारण रुपन्देही, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, पाल्पालगायतका जिल्लामा जनजीवन प्रभावित भएको छ।

आमहडतालको दिन बिहानै नेपाली सेनाले रुपन्देही र कपिलवस्तुमा बख्तरबन्द गाडी सडकमा निकालेको छ। रुपन्देहीको बुटवल र कपिलवस्तुको जितपुरमा बख्तरबन्द गाडी मुख्य राजमार्गमा देखिएका छन् ।

चोकचोकमा प्रहरी खटिएका छन् । मुख्य राजमार्गहरुमा आमहडताल आह्वानकर्ताको उपस्थिति न्यून देखिए पनि सार्वजनिक सवारी र बजार बन्द छन् ।

छिटफुट रुपमा किराना पसलहरू खुलेका छन् । मुख्य राजमार्गमा बन्दको प्रभाव देखिए पनि भित्री सडकमा भने साना सवारी साधनहरु चलेका छन्। शैक्षिक संस्थाहरु बन्द छन् ।

बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले बुटवलको राजमार्ग चौराहमा एउटा मोटरसाइकल र एउटा स्कुटरमा तोडफोड गरेको बुटवल प्रहरीले जनाएको छ। अन्यत्र भने कुनै घटनाको खबर छैन।

प्रतिकृया दिनुहोस्