Saturday, December 5

कोरोना महामारीसँग लड्दै गरेको भारतमा एकैपटक दुई वटा भूकम्पका झड्का

June 5, 2020 311

काठमाडौ । कोरोना महामारीसँग लड्दै गरेको भारतलाई शक्तिशाली भूकम्पको कम्पनले त्रास दिएको छ । शुक्रबार भारतका दुई राज्यमा भूकम्पको झट्का महसूस गरिएको दैनिक भास्करले लेखेको छ । झारखण्डको जमशेदपुरमा ४.७ र कर्नाटकको हम्पीमा ४ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको हो । भारतको राष्ट्रिय भूकम्प केन्द्रका अनुसार भूकम्प दुबै ठाउँमा एकै समय स्थानीय समयनुसार बिहान ६ः५५ मीनेटमा महसुस गरिएको थियो ।

दुबै राज्यमा कुनै मानविय क्षति भए नभएको खबर आएको छैन । यता दुई महिनामा दिल्ली–एनसीआरमा ६ वटा भूकम्पको धक्का महसुस गरिएको छ । यद्यपि भूकम्पले कुनै क्षति पुर्‍याएको छैन । लकडाउनको बीचमा दिल्लीमा ५ रेक्टर भन्दा बढीको भुकम्प गएको छैन । जानकारहरुका अनुसार भारतको दिल्ली भुकम्पको उच्च जोखिममा रहेको छ । तर शक्तिशाली भुकम्प जान्छ कि जाँदैन त्यो भने भन्न सक्ने अवस्था रहेको छैन ।

भूगर्भविद्हरूका अनुसार भूकम्पको वास्तविक कारण टेक्टोनिकल प्लेटहरूमा तीव्र गतिशीलता हुनु हो । यस बाहेक, उल्का प्रभाव र ज्वालामुखी वि–स्फोट, खनिज परीक्षण र आणविक परीक्षणको कारण पनि भूकम्पहरू आउँछन् । विज्ञहरुका अनुसार ६ रेक्टर वा त्यो भन्दा माथिको भूकम्प सम्पुर्ण संरचना ध्वस्त पार्नका लागि पर्याप्त हुन्छ ।

प्रतिकृया दिनुहोस्