Monday, November 30

कोरोना जाँच नगरि यूएईबाट जहाज काठमाण्डौ उड्यो, ५ बजेर ४० मिनेटमा आइपुग्ने

June 5, 2020 186

यूएई – यूएईबाट एक सय ५७ नेपाली लिएर जहाज नेपाल उडेको छ ।सरकारले विदेशबाट फर्काइने नेपालीको साथमा कोरोना जाँचको रिपोर्ट अनिवार्य हुनुुपर्ने मापदण्ड बनाएता पनि फर्कने नेपालीको कोरोना जाँच भएको छैन ।समस्यामा परेका एकसय ५७ जना नेपाली एअर अरबियाको उडान नम्बर जी नाइन १७५१ मार्फत नेपाल उडेका हुन् ।

जहाजमा इजादा फ्यासिलिटी म्यानेजमेण्ट कम्पनीका ६७ जना र ट्रन्सगार्ड सेक्युरिटी कम्पनीमा सेक्युरिटीको काम गर्ने ७९ जना र ११ जना अन्य नेपालीसहित एकसय ५७ जना छन् ।यूएईले आफ्नै खर्चमा एकसय ६८ सिट क्षमताको जहाजमार्फत पठाउने भनिएको उडान भने हुन सकेन ।यूएईबाट १६८ जना यात्रु तथा एक शवसहित जहाज आउने नेपाल नागरिक उड्डयनका प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री जानकारी दिएका छन् ।

जहाज साँझ ५ बजेर ४० मिनेटमा त्रिभुवन विमानस्थलमा ल्याण्ड गर्नेछ ।यूएईबाट नेपाल उडान हुने भनेपछि बिहानैदेखि विमानस्थलमा नेपालीहरु पुगेका थिए ।सुरुवातमा यूएईको स्थानीय समय अनुसार १० बजेर ५५ मिनेटको बोर्डिङपास दिइएको थियो ।नेपालीलाई एक पटक जहाजमा राखेर फेरि ओरालिएको थियो ।त्यसपछि क्वरेण्टीनमा बस्छु भन्ने कागजमा सही गराएपछि यात्रु लिएर जहाज नेपालतर्फ उडेको हो ।

अहिले विमानस्थलमा पुगेका नेपालीहरु भने साथमा पैसा, पासपोर्ट र टिकट हुनेहरु हुन् ।उनीहरुलाई टिकटको व्यवस्था कम्पनीले गर्‍यो या आफैं टिकट काटे भन्नेबारे खुलेको छैन ।साथमा पैसा र टिकट काट्न सक्नेहरु विमानस्थल पुगे पनि अन्यको हकमा भने अन्यौल भएको छ ।विदेशमा अति नै दुःख पाएका नेपालीलाई उद्धार गर्ने सरकारको निर्णयअनुसार उनीहरुलाई स्वदेश ल्याउन लागिएको हो ।

प्रतिकृया दिनुहोस्