Saturday, December 5

कोरोना भन्दा खतरनाक भाइरस कुखुराबाट फैलिने, आधा विश्व खतरामा पर्ने वैज्ञानिकको भविष्यवाणी

June 5, 2020 309

काठमाडौं। कोरोना भाइरसको महामारीवाट मुलुकले पार नपाउँदै बैज्ञानिकले फेरी अर्को महामारीको चेतावनी दिएका छन् । अमेरिकाका चर्चित वैज्ञानिकले खानपानमा सन्तुलन नराखे अब फेरी कोरोना भन्दा ठूलो महामारीको सामना विश्वले गर्नुपर्ने चेतावनी दिएका छन् । उनले अबको महामारी कुखुरावाट फैलने चेतावनी दिएका हुन् । वैज्ञानिक माइकल ग्रेगरले विश्वलाई चेतावनी दिँदै भनेका छन् कुखुरा फार्मवाट सुरु हुने भाइरस कोरोना भन्दा खतरा हुनेछ र त्यसले विश्वका आधा जनसंख्यालाई प्रभावित बनाउने छ ।

उनले विश्वभरका मानिसलाई अब शाकाहारी जिवनशैली अपनाउन सुझाव दिएका छन् । अहिले विश्वले सामना गरिरहेको कोरोना चमेरोवाट सुरु भएको अनुमान गरिएको छ । तर वैज्ञानिक रुपले त्यो अहिले सम्म पुष्टि भने भइसकेको छैन । यि वैज्ञानिकले कुखुरा फार्मबाट यस्तो भाइरस निस्किन सक्छन् जसबाट कोरोनाभाइरसबाट भन्दा ठूलो महामारी उत्पन्न हुन सक्छ ।

वैज्ञानिक मायकल ग्रेगरले आफ्नो नयाँ किताब ‘महामारीको क्रममा कसरी बच्ने’ (हाउ टु सर्भाइभ अ प्यान्डेमिक) भन्ने वुकमा यो कुरा उल्लेख गरेका छन् । कुखुरावाट फैलने महामारीको आधारका बारेमा भने उनले केही खुलाएका छैनन् । उनले कुखुराको कारण अब महामारीले मानव जिवन संकटमा पर्ने चेतावनी दिएका हुन् । ठूलो मात्रामा कुखुरापालन बढ्दै जाँदा खतरा बढेको छ उनको भनाई छ । ग्रेगरका अनुसार कुखुरा फार्मबाट निस्किने भाइरस यतिसम्म खतरनाक हुनेछ कि आधा विश्व खतरामा पर्नेछ ।

उनले आफ्नो त्यो भविष्यवाणी पुष्टि गर्ने आधार भने प्रस्तुत गरेका छैनन् । उनको सो दावी प्रति अन्य वैज्ञानिकले पनि कुनै प्रतिकृया दिएका छैनन् । तर, माइकल ग्रेगरले भनेका छन् कि मानिसको अन्य जीवसँग नजिकको सम्बन्धले नै उसका लागि खतरा उत्पन्न गरिरहेको छ । अहिले फैलिएको कोरोना चमेरोवाट फैलिएको आशंका गरिएको बेलामा कुखुरा पनि मानव जिवनको लागि खतरा हुने उनको चेतावनी हो । चीनको वुहानस्थित जंगली जनावरको बजारबाट यो फैलिएको विश्वास गरिएको छ ।

डेलीमेलको रिपोर्ट अनुसार अमेरिकी वैज्ञानिक माइकल ग्रेगरको दावी छ कि कुखुरा फार्मबाट फैलिने भाइरसबाट उत्पन्न हुने खतरा कोरोनाभाइरसभन्दा कैयौं ठूलो हुनेछ र यसबाट विश्वको आधा जनसंख्या समाप्त हुन सक्छ । उनको यो भनाई र दावीका विषयमा अन्य वैज्ञानिकको धारणा के आउँछ त्यो हेर्न बाँकी नै छ । अहिले सम्म अन्य वैज्ञानिले उनको यो दावी पुष्टि गरेका छैनन् ।

प्रतिकृया दिनुहोस्