Wednesday, December 2

आज पनि नेपालमा एकैचोटी थपिए ३३४ जना कोरोना संक्रमित, संक्रमितको संख्या २६३४ पुग्यो

June 4, 2020 216

काठमान्डौ , आज बिहीबार नेपालमा सबै भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार आज थप ३३४ जनालाई कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभिन्न २१ प्रयोगशालामा गरिएको परिक्षणमा थप ३३४ जनालाई कोरोना पुष्टि भएको हो ।झापा ,कपिलवस्तु, धनुषा , महोत्तरी , बारा , पर्सा , सप्तरी, सर्लाही लगाएतका जिल्लमा थप ३३४ जनामा कोरोना पुष्टि भएको हो ।मन्त्रालयका प्रबक्ता बिकाश देवकोटाका अनुसार आज थपिएका कोरोना संक्रमित सहित नेपालमा संक्रमितको संख्या २६३४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता विकास देवकोटाले पछिल्लो २४ घण्टामा मोरङ १ पर्सा १ झापा ३ ताप्लेजुङ १ सुनसरी १ सप्तरी १३ बारा ७ सिन्धुली १ रौतहट १ म्याग्दी १ बाग्लुङ १० पर्वत ४,स्याङ्जा १, बाँके ४२, कपिलवस्तु १७, दाङ १५, मुगु १, दैलेख १०५, झापा २, खोटाङ ३, दैलेख ८, बारा ५, धनुषा ६,कपिलवस्तु १२, महोत्तरी ३, रौतहट ६४, सर्लाहीका ३ गरी ३३४ कोरोना संक्रमित थपिएका जानकारी दिए।

प्रतिकृया दिनुहोस्