Wednesday, December 2

भारत अमेरिका सहित पश्चिमालाई चक्मा दिँदै नेपाल चीनको कित्तामा उभियो

June 4, 2020 422

काठमाडौं । अमेरिकासहित केहि पश्‍चिमा मुलुकहरुले चीनले हङकङलाई शासन गर्न ल्याएको नयाँ कानुनको विरोध गरिरहेका छन् । तर अमेरिकालाई चक्मा दिदैं नेपालले चीनले हङकङका लागि अघि सारेको राष्ट्रिय सुरक्षा कानुनलाई लिएर विवाद भइरहेको बेलामा नेपालले चीनको पक्षमा आफ्नो धारणा व्यक्त गरेको छ । नेपालले एक चीन नीतिलाई लिएर दोहोर्‍याउँदै हङकङलाई चीनको अभिन्‍न अंगको रुपमा लिएको छ ।

चीनले हङकङको लागि जारी गरेको राष्ट्रिय सुरक्षा कानुनलाई लिएर नेपालले यस्तो प्रतिक्रिया दिएको हो । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालद्वारा बुधबार जारी गरिएको वक्तव्यमा यस्तो कुरा उल्लेख गरिएको छ । वक्तव्यमा भनिएको छ, ‘शान्ति, कानुन र सुव्यवस्थालाई व्यवस्थित रुपमा पालना गराउनु राज्यको एक प्रारम्भिक जिम्मेवारी हो । नेपाल कुनै पनि मुलुकको आन्तरिक सम्बन्धमा हस्तक्षेपमा विश्वास गर्दैन र हङकङमा कानुन र सुव्यवस्था गर्नको लागि चीनले गरेको प्रयासलाई समर्थन गर्दछ ।’

प्रतिकृया दिनुहोस्