Thursday, November 26

दैलेख : एकै दिनमा ११३ जना को*रोना संक्रमित

June 4, 2020 190

काठमाडौं । विश्वभर महामारीका रुपमा रहेको कोरोनाभाइरसको असर नेपालमा पनि गम्भीर रुपमा देखिएको छ । यो बीचमा दैलेखमा एकै दिन ११३ जनामा कोरोना पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालामा भएको परीक्षणमा बिहीबार दैलेखका १ सय १३ र मुगुका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये १ सय ८ जना नारायण नगरपालिकाका र ५ जना नौमुले गाउँपालिकाका रहेका छन् । यसअघि नारायण नगरपालिका ८७ जना संक्रमित भेटिएका थिए । यो सँगै नारायण नगरपालिकामा संक्रमितको संख्या १९५ पुगेको छ ।

प्रतिकृया दिनुहोस्