Monday, November 30

लकडाउनमा कुलमानको चुपचाप काम, सोलार आयोजनाबाट विद्युत उत्पादन सुरु , डेढ महिनाभित्र १० मेगावाट थपिने

June 4, 2020 176

काठमाडौं । लकडाउनको समयमा अहिले मुलुक शान्त छ । सबै मानिस घर भित्रै बसिरहेका छन् । कोरोनाको त्रास कहिले समाप्त होला भन्ने पर्खाइमा सबै नागरिक बसिरहेको बेलामा नेपाल विद्युत प्राधिकरणमा भने एउटा ठूलो उपलब्धी प्राप्त हुने बेला भएको छ । लकडाउनकै समयमा भएको कामले अब विद्युतको क्षेत्रमा सफलता प्राप्त गरेको छ । नुवाकोटमा निर्माण गरिरहेको ग्रिडमा आवद्ध सोलार आयोजनाको १।२५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ ।

२५ मेगावाट जडित क्षमता आयोजनाको बुधबारबाट १।२५ मेगावाट सञ्चालनमा आएको हो । सोलार आयोजनाबाट उत्पादित विद्युत् देवीघाट विद्युतगृहको सबस्टेसनमा जोडेर राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ । दिउँसो घाम लागेका आधारमा १।२५ जडित क्षमताको ८० देखि ९० प्रतिशतसम्म ऊर्जा उत्पादन हुने छ ।

आयोजनाको १० मेगावाट विद्युत् डेढ महिनाभित्रमा ग्रिडमा जोडिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले योजना छ । सोही अनुसार अहिलेक ाम अघि बढिरहेको उनले बताए । बाँकीको काम अगाडि बढिरहेको तर प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदन स्वीकृतिको प्रक्रियामा रहेकाले निर्माणमा केही समय लाग्ने देखिएको कार्यकारी निर्देशक घिसिङले बताए । वैशाख सम्ममा १५ मेगावाट ग्रिडमा जोड्नेगरी काम सुरु गरिएको भएपनि लकडाउनका कारण काममा केही ढिलाई भएको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्