Thursday, November 26

यस जिल्लामा आज बाट बार अनुसार पसल खोलिने (बिज्ञप्ति सहित)

June 4, 2020 358

नेपालगञ्ज । बाँकेमा बार अनुसार पसलहरु खुल्ने भएका छन् । बाँकेमा बुधवार बसेको सर्वदलीय बैंठकको सुझावका अनुसार जिल्ला प्रशासन कार्यालय बाँकेले बार अनुसार पसलहरु खुल्न दिने निर्णय भएसँगै आजबाट बार अनुसार पसलहरु खोलिने भएको हो ।सर्बपक्षीय बैठकले व्यवसाय मारमा परेको हुनाले लकडाउनलाई मध्यनजर गर्दै बार अनुसार सम्पूर्ण खालको पसल सञ्चालन गर्ने व्यवस्था गरिएको हो । प्रशासनले जारी गरेको विज्ञप्ती अनुसार आइतबार र बुधबारका दिन मोबाइल, इलेक्ट्रोनिक्स, स्टेशनरी, पुस्तक, फोटो स्टुडियो, छापाखाना, फर्निचर, भाडा पसल खोल्न पाइने छ ।

त्यस्तै, सोमवार र विहीवार कपडा–फेन्सी पसल, जुत्ता पसल, कस्मेटिक, चश्मा तथा गरगहनाका पसल खोल्न पाइनेछ, भने मंगलवार र शुक्रवार अटोमोवाइल्स, कोल्ड स्टोर, जत्ता, मोटरसाइकल तथा अन्य पसलहरु सञ्चालन गर्न पाउने निर्णय गरिएको हो ।

साथै औषधि पसल, दैनिक उपमोग्य सामग्री निर्माण सामग्री, मलखाद तथा विउविजन विक्री गर्ने पसलहरु भने हरेक दिन सञ्चालन गर्न पाउने विज्ञप्तीमा उल्लेख गरिएको छ ।जिल्ला प्रशासन कार्यलयले केही दिन अगाडि जारी गरेको सूचनाका अनुसार दैनिक ११ बजेदेखि ३ बजेसम्म मात्र पसल तथा व्यवसाय सञ्चालनमा थिए । बिज्ञप्ति यस्तो छ

प्रतिकृया दिनुहोस्