Thursday, December 3

मेरी आमा परियार भएकोले बुबाले गाउँ नै छो’ड्नु पर्यो

June 3, 2020 505

काठमाडौ। गायक यश कुमारले अहिले जाजरकोटमा जातीय वि’वेदका कारण भएको दुर्घ’टनाको विषयमा केन्द्रित हुँदै अहिले समाजमा जात नै ठूलो पर्खाल बनेको निष्कर्ष दिएका छन् ।यश कुमार आफूले समेत जातीय वि’वेधका कारण संघर्ष गर्नुपरेको बताएका छन् । अन्तरजातीय विवाह गरेका यश कुमारले आफ्नो संघर्ष बुबाको विवाह पश्चात सुरु भएको बताउछन । “मेरो बुबा ब्राहमण अर्थात् नेपाल थरका हुन् भने आमा परियार अर्थात् द’लित समुदायबाट र वहाँहरुको विवाहबाट सुरु भयो अन्तरजातीय संघर्षको कथा ।

बुबाले परियारकि छोरीसंग विवाह गरेकै कारण गाउँ छोडेर जानु समेत परेको थियो । मेरो बुबाले त्यतिबेला जनै फालेर गाउँ (काभ्रे) छाडेर सर्लाही जानु भएको हो । म सर्लाही मै जन्मिएको हुँ । ”

यश कुमारको नागरिकतामा सुरेश कुमार नेपाल परियार नाम लेखिएको छ । नागरिकता बनाउने बेला उनलाई परियार नलेखेर नेपाल मात्र लेख्न समेत सुझाव दिएका थिए तर उनले आफ्नो आमाको थर समेत राख्ने भनेर बुवा र आमा दुवैको थर सहित दर्ता गराए । लामो नै हुने भएपनि नेपाल र परियार दुवै थर राखेर आफ्नो नाम नागरिकतामा लेखाए । जातीय वि’वादबाट बाहिरिनु पर्ने समाज कल्पना गर्दै यशले आफूलाई जात भन्दा मान्छे भएर चिनाउन आफ्नो थर लेख्न छोडेका हुन्।

यश कुमारले समेत अन्तरजातीय विवाह गरेका हुन् । यशले आफ्नो प्रेमिका रीना शाहीसंग अन्तरजातीय विवाह गरेका हुन्। आफूले अन्तरजातीय विवाह गरेपनि आफुहरुले त्यत्ति धेरै संघर्ष गर्नुनपरेको उनको भनाई छ । “बुबा आमाको संघर्ष जस्तो हाम्रो विवाहमा संघर्ष भएन तर समाजमा भने जातीय वि’वेद र अन्तरजातीय विवाहका कारण देखिएको घ’टनाहरुले ठूलो दु’र्घटना हुने संकेत देख्छु । त्यसैले मैले आफ्नो कलाबाट यस कुरालाई उठाउने गरेकोछु।”

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।

प्रतिकृया दिनुहोस्