Saturday, December 5

काठमाण्डौमा कोरोनाबाट १ जनाको नि*धन, काठमाण्डौसहित देशका यी ठाउँमा फेरी भेटीए २०१ जना कोरोनाका नयाँ संक्रमित !

June 3, 2020 260

नेपालमा बुधवार सोमवार थप २०१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या २,३०० पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकाटाले पछिल्लो २४ घण्टामा थप २०१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए। सङ्क्रमितमध्ये ९ जनाको निधन भइसकेको छ। नयाँ सङ्क्रमितमध्ये २२ जना महिला र १७९ जना पुरुष रहेका छन्।

त्यस्तै कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको निधन भएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत दोलखाका पुरूषको उपचारको क्रममा बुधबार निधन भएको हो। योसँगै नेपालमा कोरोनाबाट निधन हुनेको संख्या ९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

दोलखा भिमेश्वर नगरपालिका-२ का ७६ वर्षीय वृद्धको महाराजगन्जस्थित टिचिङ अस्पतालको गणेशमान भवनको आइसियूमा उपचार भइरहेको थियो।

थपिएका नयाँ संक्रमितहरुमा धनकुटा र सप्तरीका १/१ जना,ताप्लेजुङका ३, पाँचथरका १ , पर्साका ७ , दैलेखका १ , सल्यानका ३ , मोरंङ र झापाका २/२ , तेह्रथुमका १ र सुनसरीका ८ जना रहेका छन् ।

त्यसैगरी कैलालीका ३, डोटीका २, कपिलवस्तुका ६९, पाल्पाका २ , रुपन्देहीका २६ , महोत्तरीका ९ , दैलेखका ६ , कालिकोटका ७ , दाङका ८ , प्युठानका २ , धनुषाका १ जना, काठमाडौँ मेडिकल कलेज र टोखाका गरी ३ जना, नवलपरासीका ८ , रौटहटका ११ , रुपन्देहीका १, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए ।

बुधबार पीसीआर विधिबाट ८० हजार दुई सय ४७ र आरडीटी विधिबाट एक लाख २० हजार तीन सय ८१ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार नौ सय २४ र आरडीटी विधिबाट चार हजार ३४ जनाको नमुना परीक्षण गरिएको छ।

प्रतिकृया दिनुहोस्