Thursday, December 3

आमाले अब तँ फेरी कहिले आउने होस्, अब तँ आउँदा म त जिउँदो हुन्न होला भनेकी थिइन्, नभन्दै त्यस्तै भयो (भिडियो)

June 2, 2020 272

काठमाडौं । लकडाउनका कारण धेरै नेपालीको जनजिवन प्रभावित भएको छ । धेरैले खान पाएका छैनन्, धेरेको सडकमा बास भएको छ । काठमाडौमै भएको एउटा घटनाले भने मन नै रुवाउँछ । झण्डै वृद्ध हुन लागेका छोरा आफ्नी आमालाई सम्झेर धरधरी रोएका छन् । सडकको किनारमा बनाइएको प्रतिक्षालयमा उनी सेतो कपडा लगाएर बसेका छन् । आमाको अन्तिम पटक अनुहार पनि हेर्न नपाएका उनी आमाको १३ दिनको संस्कार गर्न एउछा छानो पनि पाएनन् ।

मुगु, को लुम्जा रारानगर गाउँपालिकाका जंग बुढा काठमाडौंमा ज्यामी काम गरेर बस्छन् । घरमा एउटा भाइ छन् । वृद्ध भएकी आमा थिइन् । एक वर्ष अघि उनले आफ्नो वृद्ध आमालाई अन्तिम पटक भेटेका थिए । एक घण्टाका लागि मात्र भेट हुँदा ति वृद्ध आमाले अब तँ फेरी कहिले आउने होस् अब तँ आउँदा म त जिउँदो हुन्न होला भनेकी थिइन् । नभन्दै त्यस्तै भयो । अहिले उनी आमालाई सम्झेर रोइरहन्छन् । आमाले भनेकै जस्तै भयो, उनले रुँदै भने, अब तँ आउँदा म त हुन्न होला मरिजान्छु तैले भेट्न पाउँदैनस् भन्नु भएको थियो । नभन्दै त्यस्ते भयो ।

उनी ६ वर्ष देखि काठमाडौंमा बस्दै आएका छन् । मजदुरी गरेर बौद्धको एउटा घरमा भाडामा बस्दै आएका उनी आमाको किरिया पनि भाडामा बसेको घरमा बस्न पाएनन् । श्रीमतीको मृगौला फेल भएका कारण ६ वर्ष देखि डायलोसिस गर्दै आएका छन् । त्यसैले उनी ६ वर्ष देखि काठमाडौंमा बस्दै आएका छन् । एका तिर वृद्ध आमा अर्को तिर श्रीमती बिरामी उनको मन बाँडियो । श्रीमतीको उपचारका लागि उनी काठमाडौं आए । श्रीमतीको डायलसिस गराँउँदै आएका छन् । आफुहरु बस्ने बौद्ध धर्मावलम्बी भएका कारण घरमा किरिया गर्न दिएनन त्यही भएर आमाको किरियाका कारण उनी पाटीमा आएर गर्न बाध्य भए ।

चार छोराछोरीका बुवा उनी आर्थिक रुपले सबैको आवश्यकता पुरा गर्न सक्दैनन् । पढाउन नसकेका कारण छोराछोरीले पनि मजदुरीकै काम गर्छन । ज्यामी काम गरेर परिवार पाल्दै आएका कारण उनको आर्थिक अवस्था पनि कमजोर छ । प्रतिक्षालयमा आमाको किरियामा बसेका उनी आमाको अन्तिम आवाज सम्झेर धरधरी रोएका छन् । यसरी वस्दा कसैले सहयोग गर्न पनि आएका छैनन् । एक जना गायीका चामल र चिनी लिएर आएको भए पनि अरु कोही नआएको बताएका छन् ।

प्रतिकृया दिनुहोस्