Wednesday, December 2

यी दुई जिल्लामा आज बिहानै थपिए १० जना नयाँ कोरोना संक्रमित

June 2, 2020 286

काठमाडौं । नेपालमा कोरोना संक्रमण लगातार बढ्दैछ । गण्डकी प्रदेशको पर्वत जिल्लामा पहिलो पटक ५ जनामा कोरोना संक्रमण देखिएको छ । यसैगरी स्याङ्जामा पनि ५ जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । यसरी दुई जिल्लामा आज मात्रै १० जना संक्रमित थप भएका छन् ।

पर्वतको फलेबास नगरपालिका ठेगाना भइ सदरमुकाम कुश्मास्थित क्वारेन्टाइनमा रहेका २० र ४० वर्षका दुई पुरुष र पर्वतकै महाशीला गाउँपालिका घर भइ कुश्माकै क्वारेन्टाइनमा राखिएका १९, २० र २१ वर्षका ३ पुरुषमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सबै हालैमात्र भारतबाट आएको बताइएको छ ।

अर्को तिर स्याङ्जाको चापाकोट नगरपालिका घर भई स्थानीय क्वारेन्टाइनमा बस्दै आएका २२, २६, ३२ र ४० वर्षका पुरुषमा पनि कोरोना संक्रमण भेटिएको छ । साथै स्याङजाकै बिरुवा गाउँपालिकाका २० वर्षीय पुरुषमा पनि संक्रमण देखिएको हो । उनी पनि क्वारेन्टाइनमा थिए । संक्रमित दशै जनालाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेकोछ ।

 

प्रतिकृया दिनुहोस्