Thursday, November 26

नेपालमा एकैदिन ३१४ जना कोरोना संक्रमित थपिए !

June 2, 2020 447

काठमाडौं । कर्णाली प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला र सुर्खेतको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परिक्षणमा ३५ जना नयाँ संक्रमित थपिएको कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।सुर्खेतमा १६, दैलेखमा ९, सल्यानमा ९ र अछाममा १ जना संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमितको संख्या १८४६ पुगेको छ । यस अघि दिउसो ४:१५ को मिडिया ब्रिफिङमा र साझ ६:१५ बजेको स्वास्थ्य मन्त्रालयको कोरोना अपडेटमा गरि २७९ जनालाई कोरोना पुष्टि भएको थियो ।

कर्णाली प्रदेशमा थप पुष्टि भएका ३५ संक्रमितको स्वास्थ्य मन्त्रालयले भने अपडेट गरिसकेको छैन ।स्वास्थ्य मन्त्रालयले यस अघि पुष्टि गरेकाहरु नवलपरासी, पाल्पा, कपिलवस्तु, रुपन्देही र गुल्मीमा १३ जना रहेका छन् ।त्यस्तै झापाका २, नवलपरासीका ३, दैलेखका ४१, जुम्लाका १९, सल्यानका १०, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १, कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएको थियो ।

यसरी दिउसो , साझ र आज साँझ सुर्खेतस्थित् प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका ३५ जना सहित एकैदिन ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसलाई त्यहाँको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले औपचारिक रुपमा पुष्टि गरिसकेको छ।

प्रतिकृया दिनुहोस्