Sunday, November 29

नर्भिक अस्पतालमा पनि पुग्यो को,रोनाभाइरस, १४ जना चिकित्सक र स्वास्थ्यकर्मी क्वारेन्टाइन

June 1, 2020 253

काठमाडौं । नर्भिकमा उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि थप उपचारका लागि पाटन पठाइएको छ । थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएकी ६१ वर्षीया महिलामा कोरोना संक्रमण रहेको पुष्टि भएको हो ।

संक्रमित महिला बिहीबार काठमाडौं बाहिरबाट उपचारका लागि नर्भिक ल्याइएको अस्पताल व्यवस्थापनले बताएको छ । अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार ती महिलालाई पार्किन्सनको समस्या थियो ।जानकारी अनुसार उनमा कुनै पनि खालको लक्षण देखिएको थिएन तर काठमाडौं बाहिरबाट आउने जोसुकैलाई भर्ना लिनुअघि आइसोलेसनमा राखेर परीक्षणका लागि स्वाब पठाउने गरेको छ ।

उनको आइतबार साँझ उनको रिर्पोट पोजेटिभ आएको हो । रिर्पोट आउनुअघि कुनै पनि स्वास्थ्यकर्मीहरुको सम्पर्कमा ती बिरामीलाई आउन नदिएको अस्पतालले जानकारी दिएको छ । यद्यपि संक्रमित महिलाको उपचारमा संलग्न १४ जना चिकित्सक र स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन गरिएको छ ।From janabloi

प्रतिकृया दिनुहोस्