Saturday, December 5

लकडाउन खुकुलो भएको नभएको बारे उपत्यका प्रहरी इन्चार्ज एवं डिआइजी विश्वराज पोखरेलले भने यस्तो

June 1, 2020 343

काठमाडौँ । उपत्यका प्रहरी इन्चार्ज एवं डिआइजी विश्वराज पोखरेलले सरकारबाट लकडाउनको मोडल परिवर्तनबारे कुनै निर्देशन नआएकाले खुकुलो भयो भनेर जनतालाई सडकमा नआउन आग्रह गर्नुभएको छ ।उहाँले अत्यावश्यक सेवा र आपत्कालिन अवस्थामा पहिले भन्दा धेरै सहुलियत दिइरहेकाले अनावश्यक रुपमा जनताको चहलपहल बढेको भन्दै अर्को निर्णय नआएसम्म घर बाहिर सडकमा ननिस्कन आग्रह गर्नुभएको हो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा पत्रकार ऋषि धमलासँग कुरागर्दै डिआइजी पोखरेलले कोरोना संक्रमणबाट नागरिक आफैले आफ्नो सुरक्षा गर्नुपर्ने अवस्था देखिएको र यो नै एकमात्र संक्रमणबाट बच्ने उपाए भएकाले सुरक्षा निकायले लकडाउनको मोडल परिवर्तन भए त्यही अनुसारको व्यवस्था मिलाउने जानकारी दिनुभयो ।

उहाँले मुल रुपमा कुनै परिवर्तन नभए पनि जनताको अवस्था हेरेर लकडाउनलाई समयअनुसार सहजिकरण गरिएको र पहिले जस्तो नरहेको भन्दै आवस्यक सेवाका सवारी मात्र चलिरहेकाले स्वरुपमा केहि परिवर्तन भएको देखिएपनि जनताले लकडाउनको सीमा उल्लघन भने नगरेको दावी गर्नुभयो ।पोखरेलले भन्नुभयो,‘गतवर्षको तुलनामा अपराधका घटनाहरु धेरै घटेका छन् । अपराधीहरु र चोरीगर्नेहरु घटेका छन् । यसमा पूर्णरुपले घटेको भने छैन । अहिले पनि केहि अपराधका घटनाहरु भइरहेका छन् । मानिस घरभित्र छन् तर, बलात्कारका केहि घटनाहरु आइरहेका छन् । लकडाउन सहज भएपछि अपराधका घटनामा बृद्धि आउने भएकाले त्यसका लागि पनि योजना बनाइसकेका छाँै’ ।

प्रतिकृया दिनुहोस्