Tuesday, December 1

नवराजको प्रेमीका भनिएकी युवतीको वयान, ‘म नवराजको घरमा बसेको हो’ (भिडियो हेर्नुस्)

May 31, 2020 5366

जाजरकोट । रुकुम घटना भएको भोलीपल्टको भनेर अनुमान लगाउन सकिने एउटा अडियो अहिले सामाजिक सञ्जालमा चर्चीत छ । जसलाई नवराज विकको प्रेमिका भनिएको छ । नवराज विक उनै युवतीलाई लिन जाँदा घटना भएको भनिएको छ । जसका कारण नवराज सहित ६ जनाको ज्यान गएको छ । यसरी ज्यान जानेमा नदित युवा मात्र नभएर मगर र शाही पनि छन् । एक जना पत्रकारले टेलिफोनमा गरेको कुराकानी भिडियोका रुपमा सार्वज्निक गरिएको छ । जसमा सुरुमा एक महिला बोल्छिन्, जसमा उनी युवतीको आमा भनेर सम्बोधन गरिएको छ । फोन गर्ने ब्यक्तिले तपाईको छोरी पनि संगै छन् ? भनेर प्रश्न गर्छन, ति महिलाले संगै छ भनेर फोन दिएको बुझ्न सकिन्छ । अनि नवराजको प्रेमिका भनिएकी युवती परिचय दिएर केही प्रश्न गरिएको छ । जसमा उनीहरुको प्रेम सम्बन्धका बारेमा प्रश्न गरेका छन् ।

उनले जवाफमा पहिलो आफ संग संधै कुराकानी हुने, नवराजको घरमा पनि आफु गएर बसेको ति युवतीले स्वीकार गरेको सुनिन्छ । उनले आफुले फागुन देखि नवराजसंग सम्बन्धमा नरहेको बताएकी छन् । आफुले अब तिमी आफ्नो जिवन बनाउ म आफ्नो जिवन बनाउँछु भनेर भनेको बताएकी युवतीले नवराजले आफ्नो आग्रह नमानेको भनेकी छन् । उनले भनेकी छन्, पहिलो कुराकानी हुन्थ्यो, तर गएको फागुन देखि उ संग कुरा भएको थिएन । मलाई राम्रो लागेन त्यही भएर छोडेको हो । हिँजो पनि म संग कुरा भएन । उ वाहिर आएको थियो भन्ने थाहा पाएकी थिए, म घरमै टिभी हेरेर बसेकी थिए । गाउँमा हल्ला भएको पनि थाहा पाए ।

उनले आफु युवकको घरमा पनि गएर बसेको पनि स्वीकार गरेकी छन् । म गएर बसेको हो । मेरो साथीको घर भन्दा माथि उसको घर रैछ । म गएर एक दिन बस्थे अनि आउँथे उनले भनेकी छन् । छोटो कुराकानीमा उनले नवराजसंग चिनजान भएको र चिनजानको क्रम फेसवुकवाट सुरु भएको वताएकी छन् । तर यो अडियोका आधिकारीकता भने छैन । वास्तवमै उनै युवती हुन् वा होइनन् त्यसको पुष्टि यो अडियोवाट गर्न सकिदैन । नवराजको प्रेमिका भनेर दावी गरिएकी युवती अहिले प्रहरी हिरासतमा छन् । यो अडियो सुन्दा घटना भएको भोलीपल्टको हो भनेर बुझ्न सकिन्छ । किनकी युवतीले हिँजो भनेर बोलेकी छन् । यो अडियो सार्वजनिक गरिएको भिडियोमा कमेन्ट गर्नेहरुले यसमा बोल्ने भाउजु हो भनेर पनि लेखेका छन् ।

उक्त घटनामा जाजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक, सञ्जु विक र गणेश बुढा तथा भेरी –११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ । भेरी –११ का गोविन्द शाहीको पनि शनिवार शव फेला परेको छ ।

प्रतिकृया दिनुहोस्