Thursday, November 26

नवराजकी प्रेमिका मल्लको मोवाइल नवराजसँग कसरी आयो? नवराजको दिदिले खुलाईन् भित्रि कुरा (भिडियो)

May 31, 2020 319

रुकुम पश्चिम चौरजहारी नगरपालिका सोतीमा घटेको अमानवीय घटनाबारे अध्ययन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो काम थालेको छ । घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरीय समिति जाजरकोट पुगेको छ । समितिले शुक्रबारदेखि काम थालेको र शुक्रबार नै पीडित पक्षसँग भेटघाट गरेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

त्यस्तै, उक्त छानबिन समितिले भेरी नगरपालिका– ४ का सन्जु भनिने सञ्जीव विकको शव स्वास्थ्य सेवा कार्यालयमा पुगेर अध्ययन गरेको थियो । घटनाका विषयमा संसददेखि सडकसम्म चर्को दबाब भएपछि सरकारले गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

दलित युवा र गैरदलित युवतीबीच प्रेम भएको र उक्त प्रेमलाई विवाहमा परिणत गर्न पुगेका युवाहरूको समूह युवती पक्षका गाउँलेको आक्रमणमा परेको थियो । त्यसपछि सरकारले गठन गरेको उच्चस्तरीय समितिको टोली शुक्रबार जाजरकोट आइपुगेर अध्ययनको काम थालेको हो । उक्त घटनामा जाजरकोट भेरी नगरपालिका– ४ का २१ वर्षीय नवराज विक, सन्जु विक, गणेश बुढा, भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको निधन भएको छ । उनीहरूको शव यसअघि नै फेला परिसकेको छ ।भेरी नगरपालिका– ११ का गोविन्द शाही अझै बेपत्ता छन् ।
मृतकको शव हेरेर मात्र अनुसन्धान गर्न पीडित परिवारको मागअनुसार शव हेरेर अनुसन्धान थालिएको समितिका संयोजक जितेन्द्र बस्नेतले बताए । शुक्रबार नै छानबिन टोली रुकुम पश्चिम चौरजहारी नगरपालिका– ८ सोतीमा जाने प्रजिअ पन्तले जानकारी दिए । उच्चस्तरीय समितिमा गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेत, एसएसपी जनक भट्टराई, राष्ट्रिय अनुसन्धानका सहअनुसन्धान निर्देशक ओमबहादुर खड्का, उपसचिव वशिष्ट घिमिरे र उपसचिव माधव ढकाल सहभागी छन् ।यसैबीच उच्चस्तरीय समितिलाई शुक्रबार दलित अधिकारकर्मी संघ र संगठनले निष्पक्ष छानबिन गर्न भन्दै ६बुँदे ज्ञापनपत्र बुझाएको अधिकारकर्मी पार्वती विकले बताइन ।

त्यस्तै नवराज र नवराजकि प्रेमिकाको बारेमा एउटा रहस्यमय कुरा नवराजकी दिदीले खुलाएकी छन् जुन तलको भिडियोमा हेर्नुहोला

प्रतिकृया दिनुहोस्