Tuesday, November 24

नेपालमा कोरोना संक्रमित संख्या १२२६ पुग्यो

May 30, 2020 297

जुम्ला — कर्णाली प्रदेशको दैलेखमा थप १४ जनालाई कोरोना भाइरस रोगको पुष्टि भएको छ ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा शुक्रबार गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।नारायण नगरपालिका वडा नं. २ का वर्ष २१, का पुरुष, वडा नं. ३ का वर्ष ३० का पुरुष वडा नं. ४ का वर्ष २८, २५, र ३५ का पुरुष वडा नं. ६ का वर्ष ४१ का पुरुष, वडा नं ८ का वर्ष २०, २० का पुरुष ,वडा नं ९ का वर्ष २३, ५० का पुरुष वडा नं. १० का वर्ष १७, २२ का पुरुष र वडा नं. ११ का वर्ष २७, १८ का पुरुष गरी १४ जनामा भाइरस संक्रमण देखिएको हो ।

पीसीआर परीक्षणका लागि सुर्खेत र दैलेखबाट नमुनाहरु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइएको थियो । नमुनाहरुको पीसीआर परीक्षण गर्दा शुक्रबार साझ ९ बजे परीक्षणको नजिता आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका प्रयोगशाला प्रमुख विवेक पुनले बताए ।यो संगै नेपालमा संक्रमितको संख्या १ हजार २२६ पुगेको छ ।

प्रतिकृया दिनुहोस्