Tuesday, November 24

अब मोटरसाइकल र कार धनीले कति कर तिर्नुपर्छ

May 29, 2020 3088

काठमाडौ । नागरिकले मोटरसाइकलमा १ सय ५५ सिसीसम्मकामा ४० प्रतिशत, १ सय ५५ सिसीदेखि २ सय ५० सिसीसम्मकामा ५० प्रतिशत अन्तःशुल्क कर तिनुर्पछ । त्यसैगरी, २ सय ५० सिसीदेखि ५ सय सिसीसम्मका मोटरसाइकलमा ५० प्रतिशत अन्तःशुल्क लाग्दै आएको छ भने ५ सयदेखि ८ सय सिसीसम्मकोमा ८० प्रतिशत अन्तःशुल्क लाग्ने गरेको छ ।

र, ८ सय सिसीभन्दा माथिका सम्पूर्ण मोटरसाइकलमा शतप्रतिशत अन्तःशुल्क लाग्दै आएको छ। सरकारले आर्थिक वर्ष २०७५/७६ मै दुईपांग्रे सवारीमा अन्तशुल्कलगायतका कर वृद्धि गरेको थियो। सडक दस्तुर पनि निकै बढाएको थियो। अहिले १ सय ५५ सिसीभन्दा कम क्षमताका मोटरसाइकलले १५ हजार सडक दस्तुर तिर्नु पर्छ। त्यस्तै १ सय ५५ सिसीभन्दा माथि २ सय ५० सिसीसम्मका मोटरसाइकलमा १८ हजार र २ सय ५० देखि ४ सय सिसीसम्मका मोटरसाइकलमा ५० हजार सडक दस्तुर तिर्नुपर्छ भने ४ सय १ सिसीभन्दा माथिका मोटरसाइकलले सडक दस्तुर नै २ लाख रुपैयाँ तिर्नुपर्ने व्यवस्था छ ।

भ्याट रकमबापत सबै किसिमका मोटरसाइकलले १३ प्रतिशत लाग्दै आएको छ । यो अघिल्लो आर्थिक बर्षको विवरण हो । अब यो बर्ष सरकारले मोटरसाइकल लगायत दुईपांग्रे सवारी साधनमा भने करको दरमा कुनै परिवर्तन गरेको छैन। यसैले माथिकै कायम छ । अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेका आर्थिक बर्ष २०७७/७८ को बजेटमा दुईपांग्रे सवारीमा भने कुनै पनि करको दर परिवर्तन भएको छैन।

प्रतिकृया दिनुहोस्