Tuesday, December 1

नेपालमा गिद्धे दृष्टि लगाउँने भारतले यसरी अरूणाञ्चल देखि सिक्किम र लद्दाखसम्म गुमाउँदैछ

May 29, 2020 3960

इन्द्र आचार्य । सिक्किम विश्वकै सुन्दर स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न पहाडी देश थियो । यो भारतमा विलय भएको धेरै भएकै छैन । मात्र ४५ बर्ष हुँदैछ । भारतमा विलय भएको आफ्नै आँखाले देख्नेहरु अहिलेपनि मात्र परिपक्क युवा नै छन् । सिक्किम यस्तो देश थियो । जुन हाल चीनको तिब्बतसँग भाषा, जीवनशैली र रहनसहन मिल्थ्यो । तपाईलाई जानकारी गराउँ । तिब्बतपनि त्यस्तै स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न देश थियो । त्योपनि चीनमा विलय भएको धेरै भएकै छैन । मात्र ७० बर्ष हुँदैछ । सन् १९५० मा तिब्बत चीनसँग विलय भयो भने, सिक्किम १६ मे १९७५ मा औपचारिक रूपबाट भारतीय गणराज्यको २२औ प्रदेश बन्न गयो । तपाईलाई योपनि जानकारी गराउँ तिब्बत भन्नाले तिब्बतबाट निर्वासित सरकार र विदेशमा रहेका तिब्बतीय शरणार्थीहरूको समाजका अनुसार तिनीहरू ति पुरानो ठूलो प्रान्तलाई सम्झन्छन् जसमा परम्परागत प्रान्तहरू अम्दो, खाम, र उ–त्साङसँगै भारतको सीमाना जनवादी गणतन्त्र चीनको प्रशासन अरूणाञ्चल प्रदेश, सिक्किम, भूटान, र लद्दाख जहाँ तिब्बती साँस्कृतिक क्रियाकलापहरू भेटिन्छन् ।

त्यो सबैलाई तिब्बत अन्तरगत भएको दावी गर्दछ। यसैले चीन अहिले अरूणाञ्चल प्रदेश देखि सिक्किम र लद्दाखको सीमानामा भारतसँग विवादमा रहेको दावी गर्दै आएको छ । किनकी चीनले पहिले तिब्बत आफ्नो पकडमा लिएको हो । उसले त्यही बेला अरूणाञ्चल प्रदेश देखि सिक्किम र लद्दाखसम्मको भूमि आफ्नो बनाउँन चाहान्थ्यो । तर ब्रिटिस प्रभावका कारण भारतभन्दा चीन त्यो बेला कमजोर थियो । अझ सिक्किमसँग सीमा जोडिएको नेपालले समेत भारतलाई नै सहयोग गर्यो । यसैले त्यो भूमि चीनबाट उम्कियो । यो प्रयास आफ्नै आँखाले देखका नेतृत्वहरु अहिले चीन र भारतमा शासन गरिरहेका छन् । यसैले अब नेपाल समेतको सहयोगमा त्यो भूमि चीन आफ्नो बनाउँन चाहान्छ । भारतियले अब यो बुझ्न जरुरी छ । चीन विश्वकै शक्तिशाली देश बनिसकेको छ ।

उसले अब आफ्नो पकड जमाउँदै विश्वकै शक्तिशाली देशको दर्जामा राख्न हैसियत बनाइसकेको छ । अझ पछिल्लो समयको कोरोना भाइरस (कोभिड–१९) सँग लिएर अनेक आरोप लागेपनि यो ल्यावबाट निर्मित भएपनि वा प्राकृतिक भाइरस भएपनि यसमाथी चीनले विजय हासिल गरिसकेको छ । विश्व भने हारिसकेको छ । यसबाट चीनले मेडिकल सामाग्री बेचेरै विश्वको अर्थतन्त्र आफ्नो देशमा थुपारिसकेको छ । अझै कति थुपार्ने हो कुनै लेखाजोखा छैन । अर्कातिर भाइरसको संक्रमणबाट विश्वका शक्ति राष्ट्र भनेका देशहरु आक्रान्त बनेका छन् । उनीहरु लकडाउनका कारण उत्पादनमा ठप्प छन् । अब खाद्यन्न समेत चीनबाट नै खरिद गर्न बाध्य हुनेछन् । यता चीनले दिन दुईगुणा र रात चौगुणाका दरले उत्पादन गरिरहेको छ । विश्वलाई नै पाल्न सक्नेगरी चीनले कृषिमापनि क्रान्ति गरिसकेको छ । अब चीन विश्वको यति शक्तिशाली बन्दैछकी कसैले कल्पनासमेत गर्न सक्दैन ।

सबै अन्र्तराष्ट्रिय एजेन्सी, संगठन उसैले भरण पोषण गर्नेछ । सबैमा चीनको कब्जा हुनेछ । यही मौकामा अहिले चीनले भारतसँग अरूणाञ्चल प्रदेश देखि सिक्किम र लद्दाखसम्मको भूमि आफ्नो बनाउँन उसले सैन्य शक्ति देखाउँन थालिसकेको छ । हज्जारौको संख्यामा भारतको सीमानामा आफ्ना सेना पठाइसकेको छ । यो घडीमा उ स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न र भारतसँग विवादमा रहेका उक्त क्षेत्रको सीमानाको देश समेत भएको नाताले नेपालको सहयोगमा त्यो भूमिमा आफ्नो कब्जा जमाउँन चीन चाहान्छ । यसैले अहिले नेपाल आफ्नो इतिहासदेखि आफ्नै रहेको तर भारतको अघोषित नियन्त्रणमा रहेको भूमि फर्काउन चाहान्छ । मौका यही बेला भएको छ । यो बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार छ ।

उसले राष्ट्रियता र भारतबिरोधी आवाज उठाएर नै झण्डै दुई तिहाई मत नेपालमा ल्याएको छ । अब फेरी इतिहासदेखि भारतको अघोषित कब्जामा रहेको नेपाली भूमि फर्काएमा चीन जस्तै दशकौँ अबधिसम्म नेकपाले नै शासन गर्ने र जनताको मन जित्ने पक्का छ । एउटै विचारको वंश भएका कारण चीन नेपाललाई यो अवशर दिन चाहान्छ । र विश्वमा नै शक्तिशाली देश पेस गर्नका लागि भारतसँगको विवादित भूमि यही घडीमा उसले फिर्ता ल्याउँन चाहान्छ । भाइसको डरका कारण जनता बाहिर निस्किन नसकिरहेका बेला भारतसँग भूमि फिर्ता लिने यही मौका भएको चिनियाँ शासकको आँकलन छ । यसैले यो रणनीति अगाडी बढिसकेको छ । यसैले नेपालको भूमिमा गलत आँखा लगाउँने भारतको त्यो दुखद घडीको समय गणना (काउण्ट) सुरु भइसकेको छ ।

यसकारणपनि चीन नेपालसँग मिलेर अरूणाञ्चल प्रदेश देखि सिक्किम र लद्दाखसम्म लिन चाहान्छ ।

सिक्किम नामग्याल राजतन्त्रद्वारा शासित एक स्वतन्त्र राज्य थियो । तर प्रशासनिक समस्याहरूको कारण तथा भारतमा विलयको जनमतको कारण सन १९७५ मा एक जनमत–संग्रहको आधारमा भारतमा विलीन भयो। यसै जनमत संग्रहपछि राजतन्त्रको समाप्ति तथा भारतीय संवैधानी व्यवस्था अन्तर्गत सिक्किमको सार्वभौमसत्ता समाप्त भएको थियो । बुढी औंलाको आकारको यो राज्य पश्चिममा नेपाल, उत्तर तथा पूर्वमा चीन तिब्बत स्वायत्त क्षेत्र तथा दक्षिण–पूर्वमा भुटानसग जोडिएको छ । भारतको पश्चिम बंगाल राज्य यसको दक्षिणमा सीमाना छ ।

अङ्ग्रेजी, नेपाली, लेप्चा, भूटिया, लिम्बु तथा हिन्दी सरकारी कामको लागि मान्यता प्राप्त भाषा हुन् तर पनि सरकारी कामकाजमा अङ्ग्रेजी भाषा नै अत्यधिक रूपमा प्रयोग भएको पाइन्छ। आपसी बोलाचालको निम्ति नेपाली भाषाको प्रयोग हुने गर्दछ र यहाँका सबै शतप्रतिसत नागरिकहरूले नेपाली बोल्छन्, यहाँको बोलचालको प्रमुख माध्यम नै नेपाली भाषा हो । हिन्दू तथा बज्रयान बौद्ध धर्म सिक्किमका प्रमुख धर्महरू हुन् । गान्तोक राजधानी तथा सिक्किमको सबभन्दा ठूलो शहर हो । सानो आकार भएता पनि सिक्किम भौगोलिक दृष्टिबाट धेरै नै विविध छ । नेपालको पूर्वी भागमा पर्ने कञ्चनजङ्घा जो विश्वको तेस्रो सबभन्दा उच्च शृङ्खला हो, सिक्किमको उत्तरी पश्चिमी भागबाट सजिलै देख्न सकिन्छ । सिक्किमको विशेषताहरूमा यसको सरसफाई , प्राकृतिक सुन्दरता एवं राजनीतिक स्थिरता शामिल छन् । यो भारतको प्रमुख पर्यटक केन्द्रहरू मध्ये एक हो ।

आठौ शताब्दिमा बौद्ध भिक्षु गुरू रिन्पोचे (पद्मसंभव) को सिक्किम भ्रमण सिक्किमसँग सम्बन्धित सबभन्दा प्राचीन विवरण हो । इतिहासमा उल्लेखित छ कि उनले बौद्ध धर्मको प्रचार गरे, सिक्किमलाई आशिष दिए तथा केही शताव्दीहरू पश्चात् आउने वाला राज्यको भविष्यवाणी गरे । मान्यताको अनुसार १४ औ शताब्दिमा ख्ये बुम्सा, पूर्वी तिब्बतमा खामको मिन्यक महलको एक राजकुमारलाई एक रात दैवीय दृष्टिको अनुसार दक्षिणतर्फ जाने आदेश भयो । यसैको वंशहरूले सिक्किमको राजतन्त्रको स्थापना गरे । सन् १६४२ मा, ख्येका पाँच औ वंशज फुन्त्सोंग नामग्याल लाई तीन बौद्ध भिक्षु, जो उत्तर, पूर्व तथा दक्षिणबाट आएका थिए , उनीद्वारा सिक्किमको प्रथम छोग्याल (राजा) घोषित गरेयो । यस प्रकार सिक्किममा राजतन्त्रको आरम्भ भयो ।

फुन्त्सोंग नामग्यालको छोरा, तेन्सुंग नामग्यालले उनीपछि सन् १६७० मा कार्य–भार सम्भाले । तेन्सुंगले युक्सोमबाट राजधानी राबदेन्त्सेमा स्थानान्तरित गरे । सन् १७०० मा सिक्किम माथि भुटानले आ क्र म ण गर्यो । जसमा छोग्यालको अर्ध–बहन थियो, जसलाई राज–गद्दीबाट वंचित गरि दिइयो। तिब्बतिहरूको सहायताबाट छोग्याललाई राज–गद्दी पुनः सुम्पियो । यसपछि त्यहाँ तिब्बतको प्रभाव बढ्न थाल्यो । सन् १७१७ देखि १७३३ को बीचमा सिक्किमले नेपाल तथा भुटानको अनेकौ आ क्र म ण हरूको सामना गर्नु पर्यो, नेपाली सेनाद्वारा राजधानी रबदेन्त्से कब्जा गर्यो । सन् १७९१ मा चीनले सिक्किमको मद्दतको लागि र तिब्बतलाई गोरखाबाट बचाउनको लागि आफ्नो सेना पठायो । नेपालको पराजय पछि, सिक्किम किंग वंशको भाग बन्यो । नेपालले तिब्बतसम्म कब्जा जमाउन चाहान्थ्यो ।

छिमेकी देश भारतमा बेलायती शासन आएपछि सिक्किमले आफ्नो प्रमुख दु स्मन नेपालको वि रुद्ध उनीहरूसँग हात मिलायो । नेपालले सिक्किम माथि आ क्रम ण गर्यो र तराई समेत धेरै क्षेत्रमा कब्जा गर्यो । त्यही बेला सिक्किमको टिष्टा खोलासम्म नेपाली भूमि थियो । यो देखेपछि ईस्ट इण्डिया कम्पनीले नेपाल माथि ह मला ग‍र्यो जसको परिणाम सन् १८१४ को गोरखा यु द्ध भयो । सिक्किम र नेपालको बीच भएको सन्धि तथा सिक्किम र बेलायती भारतको बीच भएको तितौलिया सन्धिद्वारा नेपालद्वारा अधिकृत सिक्किमी क्षेत्र सिक्किमलाई १० फेब्रुअरी, १८१७ मा फिर्ता गरियो ।

यद्यपि, अङ्ग्रेजद्वारा मोरङ् प्रदेशमा कर लागू गरेको कारण सिक्किम र अङ्ग्रेजी शासनको बीचको सम्बन्धमा कटुटता आयो । सन् १८४९ मा दुई अङ्ग्रेज अधिकारी, सर जोसेफ डाल्टन र डाक्टर अर्चिबाल्ड कैम्पबेल, जसमा एक डाक्टर अर्चिबाल्ड सिक्किम र बेलायती सरकारको बीचको सम्बन्धको लागि जिम्मेदार थिए, सिक्किमको पहाडमा गोप्य रूपमा र अनुमति नलिई गए । यी दुबै अधिकारिहरूलाई सिक्किम सरकारद्वारा बन्दी बनाइयो । रिसाएका बेलायती शासकले सन् १८५३ मा दार्जिलिङ जिल्ला र मोरङलाई भारतमा मिलायो । यस हम लाको परिणाम स्वरूप छोग्याल ब्रिटिश गवर्नरको अधिनको एक कठपुतली राजा भएर रहन पुगे ।

सन् १९४७ मा एक लोकप्रिय मतद्वारा सिक्किमले भारतसँगको विलय अस्वीकार गरियो र तत्कालीन भारतीय प्रधानमन्त्री जवाहर लाल नेहरूले सिक्किमलाई संरक्षित राज्यको दर्जा प्रदान गरे । त्यसपछि सिक्किम संरक्षित छुट्टै राज्य बनेको थियो । यसको कारण भारत सिक्किमको संरक्षक भयो र सिक्किमको परराष्ट्र मामिला सम्बन्धी विषयको जिम्मेदारी भारतले आफ्नो अधिनमा लियो । सन् १९५५ मा एउटा राज्यिक परिषद् स्थापित गरियो जसको आधिन छोग्याललाई एउटा संविधानिक सरकार बनाउने अनुमति दिइयो । यस समयमा सिक्किम नेशनल कंग्रेसद्वारा पुनः मतदान र नेपालीहरूलाई अरु धेरै प्रतिनिधित्व हुनुपर्ने माग गरेपछि सन् १९७३ को शुरूमा समस्या उत्पन्न भयो । त्यहाँ नेपाली दवाव कायमै थियो ।

राजदरबारको सामुन्ने मै हिं सा भ ड कि एपछि भारतलाई सुरक्षाको लागि आग्रह गरियो । छोग्याल राजवंश सिक्किममा धेरै नै अलोकप्रिय साबित भैइरहेका थिए । १० अप्रिल १९७५ मा, काजी (सिक्किमका तत्कालीन प्रधानमन्त्री) ले सिक्किमको दर्जा परिवर्तन गरियोस जसले गर्दा यो भारतको राज्य बन्न सक्छ भनि भारतीय संसदलाई यो अनुरोध गरे । अप्रिलमा, भारतीय सेना सिक्किमको भूमिमा प्रबेश गर्यो र राजदरबारको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूलाई निः श स्त्र गरे र राजा चोग्याललाई न ज रब न्दमा राखे अनी पछि गान्तोकलाई आफ्नो कब्जामा लिए । दुई दिनभित्र सम्पूर्ण सिक्किम राज्य भारतको नियन्त्रणमा थियो । यसपछि त्यहाँ एउटा जनमत संग्रह गरियो । त्यो केबल नियन्त्रित थियो । मत दिएको नाटक मात्र भएको हो भन्नेमा अहिलेपनि सिक्किमेली अभियान्ताहरु बताउँछन् । जसमा ५९ प्रतिशत मात्र मतदाताहरूले भाग लिएका थिए ।

९७.५ प्रतिशत मतदाताहरूले सिक्किमलाई भारतीय गणराज्यमा समाबेश गर्ने कुराको समर्थन गरेको उल्लेख गरिएको थियो । तर मतपेटिका पूर्ण रुपमा भारतको कब्जामा थियो भनेर बताइन्छ । केही हप्ता पछि १६ मे १९७५ मा, सिक्किम औपचारिक रूपबाट भारतीय गणराज्यको २२औ प्रदेश बन्न गयो र राजतन्त्रको उन्मुलन भयो । यो इतिहास मात्र ४५ बर्षको हुँदैछ । अब त्यहाँ राजनीतिक दलहरु बुझ्ने बन्दै गएका छन् । यही मौकामा उनीहरुपनि स्वतन्त्रताको आवाज उठाउँन सक्छन् । उनीहरुले यसअघि नै भनिसकेका छन् । हामी बंगाल राज्यको शासित भएर बस्न सक्दैनौ । हामीलाई छुट्टै राज्य चाहिन्छ । अहिले बाहिर देखिन मात्र उनीहरुले भारतिय अरु पहिचान बोकेका राज्यबाट अलग भइ आफ्नै पहिचान पहिलेको सिक्किम मात्रको राज्य मागिरहेका छन् । यो चलिरहेको भूमण्डलीत होडवाजीमा सिक्किमका जनताले स्वतन्त्र आफ्नो पुरानो इतिहास उल्ट्याउँने प्रयास नगर्लान् भन्न सकिन्न । यस्तो अवस्थामा सिक्किम भारतबाट अलग्गिन सक्ने सम्भावना उत्तिकै छ ।

यता सन् २००२ मा, चीनलाई एउटा लज्जाको सामना गर्नु पर्‍यो जब सत्र औ कर्मापा उर्ग्यें त्रिन्ले दोरजी, जसलाई चीन सरकारले एउटा लामा घोषित गरेसकिको थियो, एउटा नाटकीय तरिकाबाट तिब्बतबाट भागेर सिक्किमको रुम्तेक गुम्बामा आईपुगे । चीनका अधिकारी यस कुराको विरोध भारत सरकारसँग कसरी गर्ने भनी धर्म संकटमा फँसे किनकि भारतसँग विरोध जनाउनु प्रत्यक्ष रूप मै सिक्किमलाई भारतको अभिन्न भागको रूपमा चीन सरकारले स्वीकार गर्यो भन्ने अर्थ निस्कन सक्थो । सिक्किम एक स्वतन्त्र राज्य हो जसलाई भारतले अधिक्र मण गरिरहेको छ भन्ने चीन सरकारको अहिलेसम्म सिक्किम माथि र औपचारिक दृष्टिकोण नै छ ।

चीनले मात्र सिक्किमलाई सन् २००३ आएर भारतको एक राज्यको रूपमा स्वीकार गर्‍यो । त्योपनि अत्यन्तै बाध्यता र संकटका आधारमा मात्र । जसबाट भारत–चीन सम्बन्धमा रहेको कटुतामा केही कमी गर्ने रणनीति लिएको थियो । अब तपाईहरु आफै विचार गर्नुहोस् । यो इतिहास धेरै भएकै छैन । चीनमा यही राजनीतिक दलले शासन गरिरहेकै बेलाको कुरा हो । सन् २००३ भनेको मात्र १७ बर्ष हुँदैछ । चीनसँग उसको धर्म, रितिरिवाज चलेको क्षेत्र जसलाई कि आफ्नो बनाउँन चाहान्थ्यो की त स्वतन्त्र हेर्न चाहान्थ्यो । यसैले सन् २००३ सम्म चीनले सिक्किमलाई एक स्वतन्त्र राज्यकै दर्जा दिएको थियो जसमा भारतले गलत तरिकाले कब्जा जमाइरहेको छ भनेर अन्र्तराष्ट्रिय समुदायलाई भनिरहेको थियो । उता चीनले लिएको तिब्बतलाईपनि भारतले स्वतन्त्र देश भनिरहेको थियो । जसका निर्वासित शासक दलाई लामालाई आफ्नै देशमा शरण दिएर भारतले चीनसँग बार्गेनिङ्ग गरिरहेको थियो ।

जब चीनले सिक्किम भारतको राज्य भएको स्वीकार गर्यो । यसको बदलामा भारतले तिब्बत लाई चीनको अभिन्न अङ्ग हो भनि स्वीकार गर्यो । भारत र चीनको बीच भएको एक महत्वपूर्ण सम्झौताको आधारमा चीनले एक गर्न औपचारिक नक्सा जारी गर्‍यो जसमा सिक्किमलाई स्पष्ट रूपमा भारतको सिमाना भित्र देखाईएको छ। त्यो बेलासम्म भारतले सिक्किमलाई आफ्नो नक्सामा राख्ने आँट गरेको थिएन । यस सम्झौतामा चीनका प्रधानमन्त्री वेन जियाबाओ र भारतका प्रधानमन्त्री मनमोहन सिंहले हस्ताक्षर गरेका छन् ।

जुलाई ६, २००६ मा हिमालयको नाथुला भन्ज्याङलाई सीमा व्यापारको लागि खोलि दियो, जसले यो संकेत दिन्छ कि यो क्षेत्रलाई लिएर दुबै देश बीच सौहार्दको भाबना उत्पन्न भएको छ। तर १७ बर्षपछि तिब्बतहुँदै नेपाल र सिक्किमलाई सिमाना बनाएर बग्ने नदी र चीन हुँदै नेपाल–भारतबीच बग्ने काली नदिमा धेरै पानी बगिसकेको छ । चीन अब विश्वको शक्तिशाली देश बनिसकेको छ । अब उसले १७ बर्ष अघिको आफ्नो अस्तित्व भारतसँग खोज्दैछ । अरुणाञ्चल देखि सिक्किम लद्दाख सम्मको भूमि जहाँ आफ्नो दावी गरेको छ । उक्त भूमि लिएरै छोड्नेछ । यही मौकामा नेपालले आफ्नो गुमेको भूमि फिर्ता पाउँनेछ । इतिहासदेखि स्वतन्त्र देश सिक्किम स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न बन्ने सम्भावना छ ।From janaboli

प्रतिकृया दिनुहोस्