Saturday, December 5

अकस्मात ढाड र पेट दुखेर अस्पताल पुगेकी पोखराकी मिराको अस्पतालमै नि*धन

May 29, 2020 277

पोखरा। पोखरामा एक महिलाको अस्पतालमा निधन भएको छ । अकस्मात ढाड र पेट दुखेर अस्पताल पुगेकी उनको उपचारका क्रममा निधन भएको हो । गैह्रापाटनस्थित फिस्टेल अस्पतालमा जँचाउन पुगेकी पोखरा रामकृष्ण टोलकी ३९ वर्षीया मिरा मुल्मीको निधन भएको अस्पतालले जनाएको छ । उनको अस्पताल पुग्ने वित्तिकै निधन भएको हो । अस्पताल पुगेर एउटा इन्जेक्सन लगाउनासाथ उनको निधन भएपछि उनका परिवारका सदस्यले निधनमा आशंका ब्यक्त गरेका छन् । उनीहरुले अस्पतालको लापरवाहीले निधन भएको आशंका गरेका हुन् ।

आफ्नो स्वास्थ्य र फिटनेशमा निकै ध्यान दिने उनी बिहान मर्निङ वाक गएकी थिइन् । त्यसपछि उनले ब्याडमिन्टन पनि खेलिन् । ब्याडमिन्टन खेलेको समयमा नै उनलाई ढाड दुख्न थालेको थियो । उनका पति प्रदिपले पीडा महशुस हुनासाथ श्रीमतीलाई अस्पताल लगेको बताउँछन् । तर अस्पतालमा लगेर एउटा इन्जेक्सन लगाउना साथ उनको जिवनमा नसोचेको घटना भयो । श्रीमतीले उनलाई संधैका लागि छोडेर गइन् ।

चिकित्सको लापरवाहीले उनको निधन भएको आरोप परिवारले लगाएपछि हस्पिटलमा मृतकका आफन्त र प्रशासनबीच वार्ता भइरहेको छ । मृतककी पति प्रदीप फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्कीका अध्यक्ष हुन् । उनीहरुका १ छोरा र १ छोरी छन् ।

प्रतिकृया दिनुहोस्