बार्सिलोनाबाट सेभिया फर्किए राकिटिक

समाचार

१६ भदौ, काठमाडौं । बार्सिलोनाबाट खेल्दै आएका क्रोसियन मिडफिल्डर इभान राकिटिक स्पेनकै अर्को क्लब सेभिया फर्किएका छन् । राकिटिक सेभिया फर्कने विषयमा दुवै क्लबबीच सहमति भएको बार्सिलोनाले मंगलबार विज्ञप्तिमार्फत जनाएको छ । सेभियाले राकिटिकलाई १.५ मिलयन युरो तिर्नेछ र अरु ९ मिलियन थप भुक्तान गर्ने बार्सिलोनाले जनाएको छ । राकिटिकले यसअघि सन् २०११ देखि २०१४ सम्म सेभियाका लागि खेलेका थिए । उनी क्याटलान क्लब बार्सिलोनामा ६ बर्ष बिताएर फेरि सेभिया फर्कने भएका हुन् । उनले सेभियासँग २०२४ जुन ३० सम्मको सम्झौता गरेका छन् । राकिटिकले सन् २०१४ मा टुरिनमा युरोपा लिग जितेपछि सेभिया छाडेका थिए । सन् २०१३-१४ सिजनमा उनी सेभियाको कप्तान थिए र आफ्नै कप्तानीमा सेभियालाई युरोपा लिग जिताएका थिए । क्याम्प नोउमा ६ वर्ष बिताउँदा राकिटिकले कूल ३१० खेल खेल्दै ३५ गोल गरे भने ४२ गोलका सागि सहयोग गरे ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीको २०१९ को तलब पठाएको छ । आईसीसीले सोमबार बेलुका एक वर्षको तलब नेपाल क्रिकेट संघ (क्यान) को खातामा पठाएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । नेपाली टिमका २२ खेलाडी र १ जना भिडियो एनालिस्ट गरी २३ जनाको तलब पठाएको हो । खेलाडीको तलब आईसीसीले पठाएको तीन दिनमा क्यानको खातामा आइपुग्ने र त्यसपछि खेलाडीको खातामा पठाइने अध्यक्ष चन्दले जानकारी दिए ।यसपटक आईसीसीबाट खेलाडीहरुको तलब विगतमा भन्दा मासिक १० हजार रुपैयाँ बढेर आउनेछ । नेपाली खेलाडीलाई ए, बी र सी ग्रेडमा बर्गीकरण गरिएको छ । ए ग्रेडका खेलाडीले मासिक ४५ हजार, बी ग्रेडकाले ३५ हजार र सी ग्रेडकाले २५ हजार रुपैयाँको दरले तलब पाउनेछन् । यसअघि आईसीसीले २०१७ र २०१८ को खेलाडीहरुको तलब एकमुष्ट रुपमा २०१९ फेब्रुअरीमा पठाएको थियो ।
एस्टन भिल्लाका मिडफिल्डर ज्याक ग्रेलिस पहिलो पटक इंग्ल्याण्डको सिनियर टिममा परेका छन् । मार्कुस रासफोर्ड र ह्यारी विङ्क्सले टिमबाट नाम फिर्ता लिएपछि ग्रेलिसले गारेथ साउथगेटको टिममा स्थान बनाएका हुन् ।

युइएफए नेसन्स लिग अन्तर्गत इंग्ल्याण्डले आइसल्याण्ड र डेनमार्क विरुद्ध खेल्ने टोली घोषणा भएको हो । २४ वर्षीय ग्रेलिसले यसअघि यंग्लयाण्डको यू-२१ टोलीबाट खेलिसकेका छन् । उनी सन् २०१६ मा साउथगेटकै टुलुन टुर्नामेन्ट जित्दाको टिममा थिए । यस्तै कोनोर कवएडी र अइन्सले मइटलान्ड नाइल्सलाई पनि शनिवार टिममा कल गरिएको थियो । ग्रेलिसले इंग्ल्याण्डको टिममा पर्नु आप्नो लागि सपना पूरा भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *